Showing posts with label मेरा कविताहरु. Show all posts
Showing posts with label मेरा कविताहरु. Show all posts

Sunday, May 9, 2021

हिउ पर्‍यो

हिउ पर्‍यो है कान्छी
रमितै भयो थिम्फू सहर।
सूर्यको किरण धर्तीमा चमक्दा
जउला है खेल्न वरपर।।

तीन फिटको हिउमा पाखुरा डुब्दा
हाँसी दिंउला है कान्छी मरी मरी।
धराब हाँगामा अल्झेको हिउले
बर्साई दिंउला है तिमीलाई घरिघरि।।

चिप्लो बाटोमा मलाई समाए
धसिदिंउला है हिउ जिउ भरी
ऐया, आच्छी तिमीलाई भए
भनी दिंउला है नि लै लै कठैबरी!!

-फणीन्द्र खनाल




Wednesday, March 31, 2021

आमा



नौ महिना गर्भमै बोक्ने
आन्द्रा समेत जोडियेकि
मेरै लागि तडपी रहने
मेरै लागि सुर्ताइ रहने
थियौ तिमी एउटी आमा ॥

अनमोल दुधले बडाउने
न्यानो काखमा हुर्काउने
मेरै लागि मरिमेट्ने
मलाई मुटुमै टसाउने
थियौ तिमी एउटी आमा ॥

ढिडो निस्तो खुवाये पनि
थियो मेजमान भन्दा मिठो।
हल्का-फुल्का गाली धम्की
गर्यौ मेरै लागि निको

गल्ति गर्दा बचाउने
काखमा च्यापी सम्झाउने
मेरो दुखमा परेलि भिजाउने
मेरो सुखमा खुशि रहने
थियौ तिमी एउटी आमा॥

तर चिचिलालाई छोडि जाने
छाया बनि रहि रहने
मेरो जिन्दगीलाई अधुरो बनाईदिने
संधै भरि रुवाई रहने
रहेछौ तिमी, ए मेरी आमा!

- फणीन्द्र खनाल

Wednesday, March 24, 2021

जुनेली प्यार



जुनेली प्यार (भाग 1)

नष्ट हुन्थ्योकि चन्द्रको रोसनीले
यो रातको भव्य अन्धकार‌ |
डुबी रहंदा चन्द्रकै ज्योतीमा
नहुन्थ्योकि यो जिन्दगी बेकार‌‌ ‌।।

नरन्थेकि निसास्सिएका घिडघिडाहरु मनमा
नीलो गगन बिचको कालो बादल जस्तो ।
नरुन्थ्योकि मन यो दु:खमा
झारीकन आंसु, झ‍रना सरी सस्तो ।।

नलेखिन्थ्योकि ‌‌‌अन्ध्यारोपन
काही कतै कुनै शब्दकोशमा ।
दु:ख-कष्ट, पिर-पिरोलो
नहुन्थ्योकि मेरो दोषमा ||

जून भए डुली रहन्थें
घरिघरि मेटाउदै भव्य अन्धकार ।
हटाउथें उकुस-मुकुस गांठाहरु मनका
वरिपरि छर्दै तिब्र यो जुनेली प्यार ।।

-फणीन्द्र खनाल

जुनेली प्यार (भाग 2)

Thursday, March 18, 2021

नक्सा


खेत र बारी बनिए सहरका नक्सा
जंगल बिच सड़कका नक्सा
भिर पहिरो , खोला नालाका पनि नक्सा
हाहा, मेरा जीवन साथी यी नक्सै नक्सा।।

हिमाली टुप्पा, पर्यटकका नक्सा
हरियाली हरियो, जीव-प्राणीका नक्सा
नक्सैले कोरिदिएं भविष्यका नक्सा
रुपयॉ-पैसा, हाल-बेहालका नक्सा।।

पेटमा घाउ, अनुहारमा नक्सा
फोक्सो बिग्रिए धुम्रपानको नक्सा
इच्छा र सपना, बर्तमानका नक्सा
आहा, राम्रा-नराम्रा नक्सै नक्सा।।

उकाली ओराली, समस्याका नक्सा
रोद्दन र हॉसो, जीवनका नक्सा
सूर्य र चन्द्र, दिन र रातका नक्सा
घाम र ओझल, पृथ्वीकै नक्सा।।

रातै-रातो, बजारका नक्सा
पहेलैपहेंलो आवासीय क्षेत्रका नक्सा
रंगी बिरंग्गी यो ब्रह्माण्डकै नक्सा
यो आर्किटेक्टको जीवन, नक्सै नक्सा।।
-फणीन्द्र खनाल

Wednesday, March 17, 2021

याद आयो दशैंको


याद आयो दशैंको , दही चिउरा मेजमानको,
खड़्कुडामा भिजेको अट्टे र कलमी धानको!
याद आयो दशैंको,घरको दियो र फूलको
टिका र जमराले सजिएको घरढोका मूलको।।
याद आयो दशैंको, घर मावल र मित्रको
रातोमाटो डम्फूडाँडाको,कमेरो छॉगेखोला भित्रको।
याद आयो दशैंको, राड़ीमा बसेको
ढिकी जाँतो मानो पाथी सबैले खटेको।।
याद आयो दशैंको, खुशीले भुंइ छोड़ेको
ठूलोघर् छेउ खनीउ रुखमा पिङ जोड़ेको।
याद आयो दशैंको, कुराँउनी पाकेको
मीठोमसिनु खाएको,नयॉनौलोले ढाकेको।।
याद आयो दशैंको, दिनै औंला गनेको
'दशैं आयो, दशैं आयो', गॉउसहरले भनेको।
याद आयो दशैंको, हाम्रो चाहाड़ कमालको
शुभकामना सबैलाई यो फणीन्द्र खनालको।।