जुनेली प्यार (भाग 1)
नष्ट हुन्थ्योकि चन्द्रको रोसनीले
यो रातको भव्य अन्धकार |
डुबी रहंदा चन्द्रकै ज्योतीमा
नहुन्थ्योकि यो जिन्दगी बेकार ।।
नरन्थेकि निसास्सिएका घिडघिडाहरु मनमा
नीलो गगन बिचको कालो बादल जस्तो ।
नरुन्थ्योकि मन यो दु:खमा
झारीकन आंसु, झरना सरी सस्तो ।।
नलेखिन्थ्योकि अन्ध्यारोपन
काही कतै कुनै शब्दकोशमा ।
दु:ख-कष्ट, पिर-पिरोलो
नहुन्थ्योकि मेरो दोषमा ||
जून भए डुली रहन्थें
घरिघरि मेटाउदै भव्य अन्धकार ।
हटाउथें उकुस-मुकुस गांठाहरु मनका
वरिपरि छर्दै तिब्र यो जुनेली प्यार ।।
-फणीन्द्र खनाल
0 comments:
Post a Comment