
नौ महिना गर्भमै बोक्ने
आन्द्रा समेत जोडियेकि
मेरै लागि तडपी रहने
मेरै लागि सुर्ताइ रहने
थियौ तिमी एउटी आमा ॥
अनमोल दुधले बडाउने
न्यानो काखमा हुर्काउने
मेरै लागि मरिमेट्ने
मलाई मुटुमै टसाउने
थियौ तिमी एउटी आमा ॥
ढिडो निस्तो खुवाये पनि
थियो मेजमान भन्दा मिठो।
हल्का-फुल्का गाली धम्की
गर्यौ मेरै लागि निको
गल्ति गर्दा बचाउने
काखमा च्यापी सम्झाउने
मेरो दुखमा परेलि भिजाउने
मेरो सुखमा खुशि रहने
थियौ तिमी एउटी आमा॥
तर चिचिलालाई छोडि जाने
छाया बनि रहि रहने
मेरो जिन्दगीलाई अधुरो बनाईदिने
संधै भरि रुवाई रहने
रहेछौ तिमी, ए मेरी आमा!
- फणीन्द्र खनाल
0 comments:
Post a Comment